संगठित रूपमा ठगी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सीआईबीको टोलीले सात जनालाई पक्राउ गरिएको छ। डिजिटल फरेन्सिक रिपोर्टअनुसार उनीहरूले तीन अर्बभन्दा बढी रकम ठगी गरेका छन्।
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को संगठित कारोबारी तथा अनलाइन ठगीमा संलग्न सात जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय माइकल डंगौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–८ का २१ वर्षीय पियुस श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका–४ का १९ वर्षीय आश्विन चौलागाई र रौतहटको गौर नगरपालिका–९ का २२ वर्षीय सत्यमकुमार सहनी तथा भारतीय नागरिक २७ वर्षीय रोशन कुमार र ३६ वर्षीय मुन्ना कुमार रहेका छन्।
प्रहरीले उनीहरूका साथबाट सुपर कम्प्युटर दुई थान, मोबाइल १३ थान, विभिन्न व्यक्तिका नाममा जारी बैंकका चेक १९ थान र नगद पाँच लाख ५० हजार रुपैयाँ बरामद गरेको छ। विभिन्न व्यक्तिहरूलाई संगठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गरेको आरोपमा ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता सुधीरराज शाहीले बताए।
उनीहरूले विभिन्न बैंक तथा डिजिटल वालेटका प्रयोगकर्तालाई झुक्क्याइ बैंक तथा वालेटको आधिकारिक व्यक्ति भनी ओटीपी लिएर बैंक तथा वालेटमा पहुँच पुर्याइ रकम ठगी गर्ने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। डिजिटल फरेन्सिक रिपोर्टअनुसार उनीहरूले तीन अर्बभन्दा बढी रकम ठगी गरेको पाइएको सीआईबीले जनाएको छ।
ठगी गरेका रकम थोरै समयमै विभिन्न व्यक्तिहरूको बैंक तथा वालेटमा ट्रान्सफर गर्ने, विभिन्न सामाजिक सञ्जालमा अनलाइन रोजगारी, घरमै बसेर धेरै कमाउन सकिने भन्ने आकर्षक विज्ञापन एवं अन्य माध्यमबाट प्रलोभनमा पारी विभिन्न वालेट खाता खोल्न लगाइ उक्त खाता आफूले प्रयोग गर्ने र त्यसबापत केही रकम दिने गरेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
