गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
बिहीबार साँझ स्थानीय कुञ्जन छिरिङको दुईतल्ले कच्ची घरसहित तीन वटा घर जलेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।
खाना पकाउने चुल्होमा बलिरहेको आगो घरबाहिर फाल्न प्रयोग भएको पाइपमा सल्किएपछि आगलागी भएको उनले बताए।
आगलागीबाट छिरिङको दुई वटा कच्ची घर, भूकम्पपछि निर्माण गरिएको अर्को एक घर जलेको हो। घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भएको शर्माले जानकारी दिए।
त्यस्तै, एउटा घरको भुईं तल्लामा रहेको आठ वटा गाई र तीन वटा गोरु आगलागीमा परेर मरेको उनको भनाइ छ। सोही ठाउँमा रहेका पाँच वटा गाईको भने उद्धार गरिएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आगलागीको जानकारी प्राप्त भएलगत्तै चुन्चेत प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीय बासिन्दा मिलेर आगो निभाइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
