पोल नसारेकै कारण सिरहाको लहान, गोलबजार, मिर्चैया र कर्जन्हाको बन्दिपुर बजारमा सडक निर्माण ठप्प छ।
सिरहा– नेपाल विद्युत् प्राधिकरणले बिजुली पोल नहटाउँदा पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कञ्चनपुर–कमला ४ लेन सडक निर्माणमा ढिला भएको छ। पोल नसार्दा साइट क्लियर नभएको भन्दै ठेकेदारले काममा ढिलासुस्ती गरिरहेका छन् ।
चाइना रेल्वे नं २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको सडकको सिरहा जिल्लामा मात्र ३५८ वटा पोल सार्न बाँकी छन्। लहान शहर क्षेत्रमा मात्र १४७ वटा विद्युतीय खम्बा सडकमै छन्। गोलबजार नगरपालिका भित्र १०९ , कर्जन्हा नगरपालिका भित्र ५६ र मिर्चैयामा ४६ वटा पोल सडकबाट हटाउन बाँकी छ। स्थानीयले धूलोको सास्ती खेप्नुपरिरहेको छ।
ठेक्का लागेको पाँच वर्ष भइसक्दा पनि साइट क्लियर हुन नसकेको सडक विभाग मिर्चैयाका सूचना अधिकारी इन्जिनियर सरोज कोइरालाले बताए। “हामीले विद्युत् प्राधिकरण लहान र मिर्चैया शाखालाई पोल सार्न छुट्याइएको बजेट गत वर्ष नै हस्तान्तरण गरेका हौँ। तर अहिलेसम्म साइट क्लियर गरिएको छैन,” उनले भने, “कसरी काम गर्ने?”
जनशक्ति कम भएकाले पोल सार्न ढिला भइरहेको प्राधिकरण मिर्चैया शाखाका प्रमुख मनोज कुमार शर्माले बताए। “हामीसँग जति जनशक्ति छ त्यसको उपयोग गरेर दैनिक पोल सार्ने कार्य भइरहेको छ,” उनले भने, “पोल सार्दा उपभोक्तालाई विद्युत् सप्लाई रोक्नु पर्छ। सन्तुलन मिलाएर काम गर्दैछौँ।”
पोल नसारेकै कारण लहान, गोलबजार, मिर्चैया र कर्जन्हाको बन्दिपुर बजारमा सडक निर्माण ठप्प छ। एशियाली विकास बैंकको ऋण सहयोगमा सडक निर्माण हुन लागेको हो। कञ्चनपुर–कमला सडकखण्ड ४७.४ किलोमिटर लम्बाई छ। कुल १६ अर्ब ७७ करोड रुपैयाँमा ठेक्का लागेको थियो। ठेक्काको थप गरिएको म्याद गत महिना नै सकिए पनि काम ५५ प्रतिशत मात्र पूरा भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
