मन्त्रिपरिषद् बैठकले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले माघ १८ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। संसद्को वर्षे अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो।
विपक्षी दलले संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिएका थिए। उनीहरूले संसद् अधिवेशन नबोलाई अध्यादेश ल्याएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका थिए।
यसअघि मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेले संसद् अधिवेशन आह्वान गर्ने सम्बन्धमा परामर्शसमेत गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
