मिसेल योले प्रतिष्ठित एकेडेमी अवार्ड, अस्करको ९५ औँ संस्करणमा सर्वोत्कृष्ट नायिका अवार्ड जितेकी हुन्।
मिसेल योले प्रतिष्ठित एकेडेमी अवार्ड, अस्करको ९५ औँ संस्करणमा सर्वोत्कृष्ट नायिका अवार्ड जितेकी छन्। यो सँगै चिनियाँ मूलकी मलेसियाली नायिका ६० वर्षीया मिसेल अस्करमा सर्वोत्कृष्ट नायिकाको अवार्ड जित्ने पहिलो एशियाली महिला बनेकी हुन्।
कुनै एशियाली महिला अस्करमा ‘बेस्ट एक्ट्रेस’ को मनोनयनमा परेको र जितेको यो नै पहिलोपटक हो।
यसअघि उनले हलिउड चलचित्र ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’ नामक साइन्स फिक्सन कमेडी चलचित्रबाट गोल्डेन ग्लोब्स्मा सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन्। सम्पूर्ण एशिया र एशियाली अमेरिकी नागरिकले मिसेलको जितमा खुशी मनाइरहेका छन्।
मलेसियामा जन्मिएकी चिनियाँ मूलकी कलाकार मिसेल सन् १९८० मा हङकङबाट सिने क्षेत्रमा उदाएकी थिइन्। त्यसपछि हलिउडका पर्दामा देखिन थालेकी हुन्। जीवनका जस्तोसुकै दुःख कष्टमा पनि आशावादी बन्नुपर्ने सकारात्मक सोच राख्ने मिसेलले अवार्ड हात पारेपछि खुशीको आँसु झार्दै आफूलाई कहिल्यै कमजोर नसोच्न सबै कलाकारलाई आग्रह गरेकी छन्। साथै, उनले यो सम्पूर्ण एशियाली कलाकारहरूको जित भएको भन्दै खुशी साटेकी छिन्। उनले भनेकी छन्, “यो अवार्ड विश्वभरका सम्पूर्ण आमाहरूमा समर्पित गर्न चाहन्छु किनकि उनीहरू सुपर हिरोहरू हुन्। उनीहरू बिना हामी कसैलाई पनि यहाँ आउन सम्भव थिएन। साथै, सम्पूर्ण महिलाहरू, आफ्नो प्रमखुता पार गरिसक्यौ भनेर भन्ने मौका कसैलाई पनि नदेऊ।”
यो सँगै चलचित्र ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’ले अस्करमा बेस्ट पिक्चर, डिरेक्टिङ ओरिजिनल स्क्रिनप्ले, फिल्म इडिटिङ सहित कूल सात वटा विधामा अवार्ड जितेको छ।
यस्तै, नेटफ्लिक्सको जर्मन भाषाको चलचित्र ‘अल क्वायट अन दिन वेस्टर्न फ्रन्ट’ नामक चलचित्रले बेस्ट इन्टरनेशनल फिल्मसहित कूल ४ वटा विधामा अवार्ड जितेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
