प्रधानमन्त्री दाहालविरुद्धको मुद्दा विश्वम्भर श्रेष्ठको इजलासमा

प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्चमा दायर रिटमाथि बिहीबार प्रारम्भिक सुनुवाइ हुँदैछ।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ। 

उक्त रिट इजलासको चौथो नम्बरमा राखिएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले दायर गरेको रिटमाथि आज श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो। 

२०७६ माघ १ गते खुल्लामञ्चमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्व कालमा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्र जिम्मा लिने अभिव्यक्ति दिएका थिए। 

उनको यो अभिव्यक्ति अनुसार उनलाई पक्राउ गरेर फौजदारी अभियोगमा पक्राउ गरेर अनुसन्धान अघि बढाउनुपर्ने भन्दै सर्वोच्चमा निवेदकहरूले रिट दर्ता गरेका हुन्।