सातदोबाटोको जितमा विलियम्स असिडेउले ५५ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
काठमाडौँ- शहीद स्मारक 'ए' डिभिजन लिगमा सातदोबाटो यूथ क्लबले लगातार दोस्रो जित हात पारेको छ।
च्यासल मैदानमा बुधबार सम्पन्न सातदोबाटोले विभागीय टोली एपीएफलाई १-० गोलअन्तरले पराजित गरेको हो।
सातदोबाटोको जितमा विलियम्स असिडेउले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ५५औँ मिनेटमा गोल गरेका थिए।
सातदोबाटो यो लगातार दोस्रो जित हो। पहिलो खेलमा सातदोबाटोले न्यूरोड टिम (एनआरटी)लाई २-१ गोलअन्तरले पराजित गरेको थियो।
जितसँगै सातदोबाटोले ६ अंक जोडेको छ। सातदोबाटो अंक तालिकाको दोस्रो स्थानमा छ।
एपीएफको भने पहिलो हार हो। एपीएफले पहिलो खेलमा थ्रीस्टारलाई २-० गोलअन्तरले पराजित गरेको थियो। एपीएफ 3 अंकसहित पाँचौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
