कोरोना भाइरसविरुद्धको खोप नलगाएको कारण जोकोभिचले गत वर्ष अस्ट्रेलियन ओपन र युएस ओपन पनि गुमाउनु परेको थियो।
विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अमेरिकाको क्यालिफोर्नियामा हुने एटीपी प्रतियोगिता इन्डियन वेल्सबाट आफ्नो नाम फिर्ता लिएका छन्। आयोजकले सर्बियाली स्टार जोकोभिचले नाम फिर्ता लिएको पुष्टि गरेको हो।
जोकोभिचले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन्। अमेरिकी नीतिअनुसार कोरोना भाइरसविरुद्धको खोप नलिई अमेरिकामा प्रवेश गर्न दिइँदैन। यद्यपि, अमेरिकी अधिकारीहरूलाई जोकोभिचले विशेष प्रवेश दिन अनुरोध गरेका थिए।
कोरोना भाइरसविरुद्धको खोप नलगाएको कारण जोकोभिचले गत वर्ष अस्ट्रेलियन ओपन र युएस ओपन गुमाउनु परेको थियो। जोकोभिचले सबैभन्दा बढी ग्रान्डस्लाम जित्ने टेनिस खेलाडीका रूपमा राफेल नाडालको कीर्तिमानी बराबरी गरेका छन्। उनीहरूले २२/२२ ग्रान्डस्लाम उपाधि जितेका छन्। यी दुई पछि रोजर फेडेररले २० ग्रान्डस्लाम जितेर दोस्रो स्थानमा छन्।
इन्डियन वेल्स मार्च ६ देखि १९ मार्चसम्म हुने छ।
-एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
