रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
रौतहट– रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। नेपाल–भारत सीमा क्षेत्र नजिक पर्ने इशनाथ नगरपालिका वडा न ४ को लतमरीबाट सशस्त्र प्रहरीले आइतबार राति पक्राउ गरेको हो।
भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी बसन्तपुर ग्रामपञ्चाय वडा नम्वर ९ का २६ वर्षीय धनञ्जयकुमार झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणका गणपति (एसपी) विक्रम हुमागाईंले बताए। उनका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान, ७.६७ मीमी ४ राउन्ड गोली बरामद भएको छ। घटनास्थालबाट बीआर ०५ बीडी १२२४ नम्बरको मोटरसाइकल बरामद गरिएको उनले जानकारी दिए।
तीन जना व्यक्ति एक होटलमा बसेर खाजा खाइरहेको र गतिविधि शंकास्पद रहेको खबर पाउना साथ सशस्त्र प्रहरी बलको टोली मठियाबाट खटिएको थियो।
आइतबार राति साढे ८ बजेको समयमा उक्त पसलमा सशस्त्र प्रहरीको टोली पुग्दा दुई जना भागे पनि हतियार बोकेका एक व्यक्तिलाई पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले जनाएको छ।
पक्राउ परेकाको आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको रौतहट सशस्त्र प्रहरीले जानकारी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
