पूर्वराष्ट्रपति डा रामवरण यादवले राज्यकोषबाट २५ लाख तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले २० लाख रुपैयाँ लिएका छन्।
काठमाडौँ- सरकारले चालु आर्थिक वर्षको ७ महिनामा (साउन–माघ)सम्म करिब साढे ५ करोड रुपैयाँ बराबर आर्थिक सहायता वितरण गरेको छ।
विभिन्न मितिमा मन्त्रिपरिषद्बाट निर्णय गर्दै सरकारले ५ करोड ४६ लाख ३४ हजार ९ सय ५ रुपैयाँ वितरण गरेको अर्थमन्त्रालयले जनाएको छ। यो अवधिमा पूर्वराष्ट्रपति रामवरण यादवले औषधि उपचारका लागि सबैभन्दा बढी आर्थिक सहायता पाएका छन्।
कात्तिक ३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यादवलाई औषधि उपचारका लागि २५ लाख रुपैयाँ आर्थिक सहायता दिइएको अर्थमन्त्रालयले जनाएको छ।
त्यस्तै, मंसिरमा एकीकृत समाजवादीका नेता झलनाथ खनालले २० लाख रुपैयाँ आर्थिक सहायता लिएका छन्। तर, सहायता लिनुको कारणबारे भने अर्थमन्त्रालयले प्रकाशित गरेको विवरणमा खुलाइएको छैन।
त्यस्तै, भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई दुई पटकमा २७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको छ।
गत भदौमा काठमाडौँ महानगरपालिका– ११ स्थित प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूहको अक्षयकोष वृद्धिका लागि सरकारी ढुकुटीबाट १० लाख दिइएको छ।
प्रतिनिधिसभा निर्वाचनका क्रममा झडपमा परी मृत्यु भएका सञ्जीव ऐडी र चेतनदीप ऐडीको परिवारलाई सरकारले गत माघमा प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो।
सरकारले आर्थिक सहायताका नाममा साउनमा ९२ लाख, भदौमा १ करोड ४१ लाख ७७ हजार, असोजमा २५ लाख, कात्तिकमा ४४ लाख, मंसिरमा १ करोड ३० लाख ८४ हजार र पुसमा ८८ लाख ७२ हजार र माघमा २४ लाख रुपैयाँ बाँडेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
