ब्राजिलमा वर्षासँगै आएको बाढीमा परी ३६ जनाको मृत्यु भएको छ भने जनजीवन कष्टकर बनेको छ।
ब्राजिलमा साओ पाओलो राज्यमा भारी वर्षापछिको बाढी र पहिरोमा परी ३६ जनाको मृत्यु भएको छ। त्यस्तै, केही मानिस भने बेपत्ता भएको र सयौँ मानिस विस्थापित भएको बीबीसीले उल्लेख गरेको छ।
त्यस्तै, तटीय क्षेत्रबाट अहिलेसम्म ३३८ जना मानिसको उद्धार गरिएको स्थानीय अधिकारीहरूले जनाएका छन्। आइतबार त्यस राज्यका केही क्षेत्रमा मात्रै ६०० मिलिमिटर पानी परेको बताइएको छ।
बाढीले तटीय क्षेत्रका घर बगाएको छ भने सडक तथा राजमार्गमा क्षति पुर्याएको छ। बाढी प्रभावित त्यस क्षेत्रमा उद्धारकर्ता परिचालन गरिएको र सडकका अवरोध खुलाउने काम भइरहेको बताइएको छ। यद्यपि, खोजी र उद्धार टोलीले धेरै स्थानमा पहुँच पुर्याउन नसकेको बाढी प्रभावित साओ सेबास्तियाओ शहरका मेयर फिलिपे आउगुस्तोले बताएका छन्।
अहिले उद्धारको काम मात्रै भइरहेको र बाढी पहिरोको क्षतिको लेखाजोखा नभएको उनले बताए।
सरकारले साओ सेवास्तियाओ, काराग्वाटाटुबा, याबेला, उबाटुबा, ग्वारुजा र बेर्तियोगा गरी छ वटा राज्यमा सरकारले १८० दिने विपद् घोषणा गरिएको छ। गभर्नर टार्सिसिओ दे फ्रेइतासले बाढी प्रभावितका लागि १५ लाख डलर बराबरको राहत बजेट छुट्याएको बताएका छन्।
वर्षा र बाढीपछि उत्तरी तटीय क्षेत्रमा हुने भव्य मेला रद्द भएका छन्। यतिबेला त्यस क्षेत्रमा लगातार पाँच दिनेसम्म क्रिश्चियन महोत्सव लेन्ट र विभिन्न थरीका मेला लाग्ने गर्छन्।
त्यस्तै, ५५ किलोमिटर प्रतिघण्टाको वेगमा हुरीबतास आएको भन्दै ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो तटीय क्षेत्र सान्तोस पनि बन्द गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन्।
त्यस क्षेत्रका थप पानी पर्ने मौसम विभागको अनुमान छ। जसका कारण उद्धारमा कठिनाइ हुनसक्ने बताइएको छ।
गत वर्ष पनि ब्राजिलको दक्षिणपूर्वी शहर पेत्रोपोलिसमा भारीका वर्षापछि आएको बाढीसहितको प्राकृतिक विपत्तिमा परी २३० व्यक्तिले ज्यान गुमाएका थिए। -एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
