अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान दुई घण्टापछि पुनः सञ्चालनमा आएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिएका छन्।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ। विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रूपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ।
“अहिले म्यानुअल्ली रूपमा उडान सामान्य रूपमा भइरहेको छ”, उनले भने, “सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ।”
अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उनको भनाइ छ। यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको उनले जानकारी दिए।
अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो। केहीबेर अघि इन्डिगो एयरको जहाज भारतको नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज भर्खरै अवतरण गरेको छ। कतार एयरवेजको जहाज पनि अवतरणको तयारीमा छ।
महाप्रबन्धक ठाकुरले विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताए। उनले सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
