बाँकेकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलित रुबी खानसहितका अधिकारकर्मी बबरमहलबाट पक्राउ परेका छन्।
काठमाडौँ– बाँकेकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सोमबार दिउँसो खानसहितका अधिकारकर्मीलाई बबरमहलबाट नियन्त्रणमा लिएको हो। नारा-जुलुस गर्दै माइतीघरदेखि बिजुली बजारतर्फ अघि बढिरहेको अधिकारकर्मीको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

निर्मलाको २०७६ चैतमा शंकास्पद मृत्यु भएको थियो। यसबीच सरकारी छानबिन समिति, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट अनुसन्धान भए पनि छानबिन निष्कर्षमा पुग्न सकेको छैन। सो घटनाका मुख्य आरोपित कांग्रेस नेता बादशाह कुर्मी बाँके–३ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। सरकारले सो घटनाको सत्यतथ्य छानबिन नगरेको अधिकारकर्मीको आरोप छ।

अधिकारकर्मी रुबी खान नेतृत्वको समूह तेस्रो पटक काठमाडौँ आएर चारबुँदे मागसहित धर्ना दिइरहेको छ। निर्मलाको 'हत्या'को घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने अधिकारकर्मीको माग छ। उनीहरूले सरकारले पटक–पटक प्रतिबद्धता जनाए पनि घटनाको छानबिन हुन नसकेको बताउँदै आएका छन्।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
