सन् २०१७ मा ३७ वर्षको उमेरमा न्यूजिल्यान्डको प्रधानमन्त्री बनेकी आर्डन विश्वकै कम उमेरकी सरकार प्रमुख बनेकी थिइन्। प्रधानमन्त्रीबाट राजीनामा दिएपछि आगामी निर्वाचन पनि नलड्ने उनको घोषणा छ।
न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले आगामी महिना पदबाट राजीनामा दिने बताएकी छन्। फेब्रुअरी ७ मा राजीनामा दिने घोषणा गरेकी उनले यसपालिको चुनावमा प्रतिस्पर्धा नगर्नेसमेत स्पष्ट पारेकी छिन्। न्यूजिल्याण्डमा १४ अक्टोबरमा हुने आमनिर्वाचनअघि उनले राजीनामा दिन लागेकी हुन्।
नेपियर शहरमा बिहीबार राजीनामाको कुरा गर्दा भावुक बनेकी आर्डनले फेब्रुअरी ७ मा प्रधानमन्त्री कार्यालयमा आफ्नो अन्तिम दिन हुने बताइन्। उनले भनिन्, “कठिन भएका कारण पद छोड्न लागेकी होइन। यो यस्तो विशेषाधिकार प्राप्त र जिम्मेवारीको पद हो, यहाँ तपाईं कहिले सही हुनुहुन्छ र कहिले हुन सक्नुहुन्न भन्ने थाहा हुन्छ। अहिले मैले आफ्नो पदलाई न्याय गर्न सक्दिन भन्ने लागेको छ। त्यसैले पदबाट बाहिरिन चाहेकी हुँ”
सन् २०१७ मा ३७ वर्षको उमेरमा न्यूजिल्यान्डको प्रधानमन्त्री बनेकी आर्डन विश्वकै कम उमेरकी सरकार प्रमुख बनेकी थिइन्। त्यस्तै, प्रधानमन्त्री पदमै रहँदा बच्चालाई जन्म दिने उनी सन् १९९० मा पाकिस्तानकी बेनेजीर भुट्टोपछि दोस्रो निर्वाचित नेता हुन्।
कोभिड-१९ को महामारीले निम्त्याएको आर्थिक मन्दी, क्राइस्टचर्च मस्जिदमा भएको गोली प्रहार र ह्वाइट आइल्यान्डको ज्वालामुखी विस्फोटजस्ता घटनामा उनले न्यूजिल्यान्डलाई सम्हालेकी थिइन्।
राजीनामाबारे बोल्दै उनले भनिन्, “प्रधानमन्त्रीका रूपमा काम गरेको साढे पाँच वर्ष निकै आनन्ददायी रह्यो, तर संकटका बेला देशलाई नेतृत्व गर्न भने कठिन पर्यो।”
अस्ट्रेलियन प्रधानमन्त्री एन्थोनी अल्बानिजले आर्डन एक बौद्धिक, बलियो र समानुभूति भएकी नेता हुन् भन्दै प्रशंसा गरेका छन्। आर्डन धेरैको प्रेरणाको स्रोत र आफ्नो राम्रो मित्र भएको भन्दै प्रशंसा गरेका छन्। यस्तै, क्यानडाका नेता जस्टिन ट्रुडोले आर्डनले विश्वमा अतुलनीय फरक ल्याएको भन्दै प्रशंसा गरे।
सन् २०२० को निर्वाचनमा उनको लेबर पार्टी भारी मतले विजयी भएको थियो। विश्व राजनीतिक मञ्चमा ख्याति कमाएकी आर्डन आफ्नै देशमा भने त्यति लोकप्रिय बन्न नसकेको त्यहाँको जनमत सर्वेक्षणहरूले देखाएका छन्। हाल उनको लोकप्रियता चुनाव जितेको समयमा भन्दा निकै खस्किएको र उनको पार्टीको हाल पनि उस्तै रहेको बीबीसीले उल्लेख गरेको छ।
सन् २०२२ मा आर्डनले बीबीसीसँगको कुराकानीमा सरकारले कोभिड महामारीका समयमा मानिसलाई सुरक्षित गराउनका लागि चालिएको कदमकै परिणाम स्वरूप उनको लोकप्रियता घटेको बताएकी थिइन्। आर्डनले जीवनयापनमा संकट, अपराधसँगको राष्ट्रिय त्रास र निर्वाचनका बेला जनाएका प्रतिबद्धता महामारीका कारण कार्यान्वयन गर्न नसक्नुजस्ता समस्याको सामना गर्नुपरेको थियो।
बढ्दो अपराध र दैनिक जीवन महँगो हुनुमा उनैलाई दोषी देखाउने कतिपय नागरिकले पदबाट निकाला गरिनुअघि आर्डन आफैँ भागेको प्रतिक्रिया दिएका छन्। यस्तै, कतिपयले उनलाई न्यूजिल्यान्डको ईतिहासकै एक महान प्रधानमन्त्रीका रूपमा व्याख्या गरेका छन्।
आर्डनको राजीनामापछि न्यूजिल्यान्डको नयाँ प्रधानमन्त्री को बन्ने निश्चित छैन। यसै सन्दर्भमा राजनीतिक विश्लेषक बेन थोमसले पदबाट बाहिरिने आर्डनको निर्णय आश्चर्यजनक भएको बताउँदै सन् २०२० को तुलनामा उनको र उनको पार्टीको लोकप्रियता घटे पनि अहिले उनी नै मुलुकको प्रधानमन्त्रीका रूपमा उत्तम भएको बताए। थोमसको विचारमा स्पष्ट रूपमा आर्डनको कुनै उत्तराधिकारी छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
