धेरैको रोजगारी कटौती भए पनि महत्वपूर्ण पदमा कर्मचारी राख्ने क्रम जारी नै रहने कम्पनीकाे भनाइ छ।
बहुराष्ट्रिय प्राविधिक कम्पनी माइक्रोसफ्टले आफ्ना विश्वभरका कार्यालयहरूबाट १० हजार कर्मचारी कटौती गर्न लागेको जनाएको छ। यस निर्णयले माइक्रोसफ्टका विश्वभरबाट पाँच प्रतिशत कर्मचारी प्रभावित हुनुका साथै व्यापार विच्छेद र पुर्नगठनका लागि १ खर्ब २० करोड डलर खर्च हुने बीबीसीले उल्लेख गरेको छ।
कोभिडका समयमा ग्राहकको खर्च बढेको र ग्राहकले पनि सावधानी अपनाइरहेको माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्य नडेलाको भनाइ छ। धेरैको रोजगारी कटौती भए पनि महत्वपूर्ण पदमा कर्मचारी राख्ने क्रमलाई निरन्तर दिइने नडेलालालाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ।
आफ्ना कर्मचारीलाई मेमोमार्फत सूचना पठाउँदै प्रमुख कार्यकारी नडेलाले विश्वका अधिकांश क्षेत्रमा आर्थिक मन्दी छाएको र कतिपय स्थानमा यसको प्रक्षेपण भइरहेको बताएका छन्। कटौती गरिएका केही कर्मचारीले यसबारे आकस्मिक सूचना प्राप्त गर्ने मेमोमा उल्लेख छ। साथै, आफ्ना कर्मचारीको गरिमा र सम्मानलाई इज्जत गर्दै पारदर्शी बनाइने नडेलाको प्रतिबद्धता छ।
फाइनान्सियल टाइम्सका अनुसार माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपनआईमा अबौँ डलर लगानी गर्दैछ। जेनेरेटिभ प्रि ट्रेन्ड ट्रान्सफर्मर (च्याटजीपीटी) पनि ओपनएआईले नै बनाएको हो। माइक्रोसफ्टले यस कम्पनीमा १० अर्ब डलर लगानी गर्ने बीबीसीले जनाएको छ।
अमेजन, इन्टाग्रामको मातृ कम्पनी मेटाजस्ता ठूला कम्पनीहरूसहित सयौँ प्राविधिक कम्पनीले समेत पछिल्ला सातामा आफ्ना कर्मचारी कटौती गरेका छन्। यस वर्षको तेस्रो त्रैमासिकसम्ममा माइक्रोसफ्टका १० हजार कर्मचारी कटौती भइसक्ने बीबीसीको अनुमान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
