गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मी र नकुन्नी धोबीको घटनाबारे सत्यतथ्य छानबिन हुने, त्यसमा कैफियत देखिए पदबाट राजीनामा दिन तयार रहेको बताएका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा धर्ना दिइरहेका बाँकेका महिला अधिकारकर्मीसँग भेट गरेका छन्।
शनिबार माइतीघर मण्डलमा पुगेर गृहमन्त्री लामिछानेले बाँकेकी कुर्मीको घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै धर्नामा बसेका अधिकारकर्मीसँग भेट गरेका हुन्।
विगत केही दिनयता बाँकेका अधिकारकर्मीको टोली माइतीघर मण्डलमा कुर्मीको न्यायका लागि धर्नामा छन्। यसअघि गृहमन्त्री लामिछानेले अधिकारकर्मीलाई आन्दोलन फिर्ता लिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए।
गृहमन्त्री लामिछानेसँगको भेटमा अधिकारकर्मीले कुर्मीलाई न्याय नदिउन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए। अधिकारकर्मीसँगको भेटमा गृहमन्त्री लामिछानेले कुर्मी र नकुन्नी धोबीको घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता जनाए।
उनले यसअघिका सरकारले पटक–पटक प्रतिबद्धता जनाए पनि उक्त घटनाको छानबिन हुन नसकेको तर आफूले न्याय दिने कुरामा विश्वस्त रहन आग्रह गरे। उनले छानबिनका क्रममा कुनै कैफियत देखिए पदबाट राजीनामा दिन तयार रहेको बताए।
"मलाई एकपटक राम्रोसँग काम गर्न दिनुहोला। अघिल्लो अनुसन्धानमा बिग्रिएका विषयलाई सच्याउने मौका दिनुहोला, जे गर्नुपर्छ तपाईंहरूले भन्नुभएको कुरामा हामी क्रमबद्ध रूपमा जाउँला, पीडित महिलाबाट आएको विषयलाई नै आधार र प्रमाण बनाएर अनुसन्धान थालिन्छ, मलाई समय र साथ दिनुहोस्", उनले भने।
बाँकेकी कुर्मी र धोबीलाई न्याय नदिएको अधिकारकर्मीको आरोप छ। अधिकारकर्मी रुवि खान नेतृत्वको समूहले चारबुँदे मागसहित धर्ना दिइरहेका छन्।
कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने अधिकारकर्मीको माग छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
