एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले शुक्रबार पार्टीमा समाहित भएका घनश्याम भुसाललाई सचिवालय सदस्य मनोनीत गर्ने निर्णय भएको बताए।
काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय सदस्यमा घनश्याम भुसाल मनोनीत भएका छन्। शनिबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको हो।
एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले उनलाई सचिवालय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको बताए। "घनश्याम भुसाल हिजो पार्टी प्रवेश गर्नु भएको थियो। उहाँलाई जिम्मेवारी दिने सन्दर्भमा हामीले निर्णय गरेका छौँ। उहाँलाई केन्द्रीय सचिवालयको सदस्यमा मनोनीत गर्ने निर्णय गरेका छौँ", उनले भने।
योसँगै एकीकृत समाजवादीको केन्द्रीय सचिवालय १२ सदस्यीय बनेको थियो। भुसाल शुक्रबार काठमाडौँमा आयोजित स्वघोषणा कार्यक्रममार्फत एकीकृत समाजवादीमा समाहित भएका थिए।
प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेले टिकट नपाएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएर चुनाव लडेका थिए। उनलाई वाम लोकतान्त्रिक गठबन्धनले सहयोग गरेको थियो। तर, रुपन्देही-१ बाट चुनाव लडेका भुसाल नेकपा एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
