राजमोका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारलाई समर्थन गर्नुले देश झनै संकटमा जाने संकेत मिलेको बताएका छन्।
काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गरेका छन्।
उनले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन गरेको भन्दै देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गरेका हुन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय जनमोर्चा एक्लै भएपनि प्रतिपक्षमा रहने बताए।
उनले आफ्ना गल्ती पन्छाउने र एउटा दललाई सरकारबाट निकालेर आफू सरकारमा बस्न सबै दल एक ठाउँमा भएको हुनसक्ने बताए।
उनले भने, “नेपालमा आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने भनेर लागेका छन्, यहाँभन्दा हाइसन्चो अरू के हुन्छ? सत्ता पक्षमा बस्नेलाई यहाँ भन्दा आनन्द के हुन्छ? यो कुन किसिमको समर्थन हो । मैले बुझ्न सकिनँ। आफ्ना गल्ती पन्छाउन र एउटालाई सरकारबाट पन्छाएर आफू आउने खेल त होइन यो। यसो गरेर देश बन्छ? सरकार चल्छ? यस खालको दृश्य डरलाग्दो छ।”
अध्यक्ष केसीले बोरामा पैसा लगेर चुनाव जितेर आएकाहरूबाट सरकारमा नगई, देशको प्राकृतिक श्रोत, साधनको दोहन नगरी चुनावको खर्च नउठ्ने भएकाले सबै एक ठाउँमा जम्मा भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
