राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धेरै मन्त्री बनाउँदा राज्यको आर्थिक बोझ बढ्नुका साथै जनतामाझ राजनीतिक व्यवस्था अलोकप्रिय हुने खतरा बढेको बताएका छन्।
काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सानो मन्त्रिमण्डल बिस्तार गरेर मितव्ययी सरकार बनाउन सरकारसँग आग्रह गरेका छन्।
मंगलबार ‘स्पिकर्स फोरम नेपाल’ले काठमाडौँमा आयोजना गरेको प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले पार्टी धेरै भए भन्दैमा मन्त्रालयको संख्या नै बढाउने काम गर्नु नहुनेमा जोड दिए। गठबन्धनमा सहभागी सबै पार्टी मिलेर आवश्यक मन्त्रालय मात्रै बनाई जनताका समस्या समाधान गर्ने दिशामा लाग्नुपर्नेमा जोड दिए।
प्रदेशमा पनि मन्त्रालयको संख्या बढाउँदा आलोचना खेप्नु परिरहेको भन्दै उनले सरकारलाई कम मन्त्रालय बनाउन सुझाव दिए।
सरकारले २० जनासम्मको मन्त्रिमण्डल बिस्तार गर्न आवश्यक रहेको उनको भनाइ थियो। ठूलो मन्त्रिमण्डल बनाउँदा राज्यको खर्च बढी हुने र विकास निर्माणका कामले पनि गति लिन नसक्ने उनको दाबी थियो।
देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको भन्दै उनले अर्थतन्त्र सुधारका लागि सबै किसिमबाट मितव्ययी बन्नुपर्ने आवश्यक भएको बताए।
उनले भने, “गठबन्धन बनाएर जाँदा मन्त्रालय संख्या, मन्त्री नै बढाएर मात्रै गठबन्धन हुन्छ भन्ने हुँदैन। पार्टी धेरै भयो भने पहिले एकएकवटा भाग पुर्याऔँ। बाँकी रहेको ठूला दललाई अलिकति बाँडौँ। १८/२० जनाकै मन्त्रिमण्डल बनाए पनि पुग्छ।”
सिंगो व्यवस्थाका साथै राजनीतिक परिवर्तनलाई जनप्रिय बनाउनु तथा टिकाउनु महत्त्वपूर्ण रहेको बताउँदै उनले सबैलाई पद बाँडेर सरकारको लोकप्रियता कायम नरहने बताए।
अध्यक्ष तिमिल्सिनाले वर्षौंदेखि ठेक्का लागेका योजनाहरू अलपत्र रहेका भन्दै सरकारले त्यसमा पनि चासो दिनुपर्ने बताए।
उनले जनमुखी काम गर्नका लागि कानूनी समस्या भए संसद्मा ल्याएर त्यसको निचोड दिनुपर्ने बताए। विकास निर्माणको काम कानूनी झन्झटका कारण हुन नसकेका भए आवश्यक कानून बनाउनुपर्नेमा उनको जोड दिए।
सरकारी सेवा प्रवाहमा ढिलासुस्ती हुन नहुने बताउँदै उनले भ्रष्टाचार नियन्त्रण गरी जनचाहनाअनुसारका काम कारबाहीलाई अघि बढाउने कुरामा सांसदहरूले सोच्नुपर्ने बेला आएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
