जुम्लामा चिसाेका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुन्निने, दुख्नेलगायत समस्या देखिएको छ।
जुम्ला– हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा चिसो अत्यधिक बढेसँगै रुघाखोकीका बिरामी बढेका छन्। एक सातादेखि बढेको चिसोले जनजीवन प्रभावित भएको छ।
अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ। अस्पतालमा उपचारका लागि पहिलाभन्दा बढी बिरामी आउन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल मेडिसिन विभागका डा. राजेन्द्रमणि गिरीले जानकारी दिए। “चिसोकै कारण स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामी बढेका छन्”, उनले भने, “सामान्य अवस्थामा औसत १०० जना बिरामी उपचारका लागि आउने गरेकामा अहिले दैनिक २९० जनासम्म आउन थालेका छन्।”
जाडोले बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन्। बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुन्निने, दुख्नेलगायत समस्या देखिएको डा. गिरीको भनाइ छ। बिहान धैरै चिसो हुने गरेको छ। सदरमुकाम खलंगामा चहलपहल घटेको छ।
सवारीसाधनसमेत चलाउन निकै गाह्रो हुने गरेको पातारासी गाउँपालिकाका स्थानीय मुनबहादुर ऐडीले बताए। “चिसोले घर बाहिर निस्किन कठिन छ”, उनले भने। गाउँबाट ट्युसन पढ्न बजार आएका विद्यार्थीलाई सकस भएको छ। स्थानीय तहले सामुदायिक विद्यालयमा हिउँदे बिदासमेत दिएका छन्। चन्दननाथ नगरपालिका निवासी सुनिता रावतले भनिन्, “न्यानो कपडा नहुने बच्चालाई धेरै समस्या हुने गरेको छ।”
चिसोले ज्येष्ठ नागरिक पनि समस्यामा छन्। जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्याले विकासे कामलाई प्रभावित पारेको छ। बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित हुने गरेका छन्।
आइतबार जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव सात र अधिकतम तापक्रम १३ दशमलव सात डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
