ट्र्याक खोलेको करिब २० वर्षपछि डुम्रे–बेँसीसहर–चामे सडकखण्ड कालोपत्र र स्तरोन्नती हुन थालेपछि यात्रा पनि सहज बनेको छ।
मनाङ– मनाङमा सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ। ट्र्याक खोलेको करिब २० वर्षपछि डुम्रे–बेँसीसहर–चामे सडकखण्ड कालोपत्र र स्तरोन्नती हुन थालेपछि यात्रा पनि सहज बनेको हो।
डुम्रे–बेँसीसहर–चामे आयोजनाले गत आर्थिक वर्षमा बेँसीसहरबाट खुदीसम्म आठ किलोमिटर सडक कालोपत्र गरेको थियो। आयोजनाका सबइन्जिनियर सुमन अधिकारीका अनुसार मनाङतर्फको सडक निर्माणमा मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाले पनि सहयोग गरेको छ।
“भौतिक रूपमा असहज भएका स्थानमा आयोजनाले काम गरिसकेको छ। जलविद्युत् आयोजनाका सवारीसाधन आवतजावत गर्नुपर्ने भएकाले यहाँको विकासलाई पनि सहयोग पुगेको छ,” उनले भने। बेँसीसहर–चामे खण्डअन्तर्गतका सडक र पुल निर्माणका लागि ५१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
आयोजना निर्माणस्थलमा आवश्यक सामग्री ल्याउन सहज बनाउने उद्देश्यले सडक चौडाइ गर्ने, घुम्ती क्षेत्रमा पूर्वाधार र सडक निर्माणलगायत काम भइरहेको छ। सडक आयोजनासँग समन्वय गरेर काम गरिरहेको बुटवल हाइड्रोपावरका सहायक प्रबन्धक प्रतिकमानसिंह प्रधानले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
