लालबन्दी नगरपालिका–९ का ४२ वर्षीय विनोदले चिया बेचेरै नाम र दाम कमाएका छन्। उनको चिया पसल लालबन्दीमा ‘भान्जाको चिया पसल’ नामले परिचित छ।
बरहथवा– सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ। ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन्। यो विगत १८ वर्षदेखिको दृश्य हो।
सधैँ चियाका पारखीको भीडले घेरिरहने चिया पसले हुन् विनोद साह। लालबन्दी नगरपालिका–९ का ४२ वर्षीय विनोदले चिया बेचेरै नाम, दाम र पहिचान बनाएका छन्। बिहान ४ देखि अबेर साँझसम्म उनको पसल चियाका पारखीले भरिभराउ हुन्छ।
“दैनिक सबेरै पसलमा आउँछु। साँझ ८ बजे मात्र घर फर्कन्छु,” उनले भने, “कहिलेकाहीँ बिहान थोरै ढिला हुँदा पनि ग्राहकले गाली गर्नुहुन्छ।” २०५९ सालमा लालबन्दी नगरपालिकास्थित बस्तीपुरमामा रहेको जनज्योति माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नु पहिला नै उनले चिया पकाउन शुरू गरेका थिए। रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका–५ पुर्ख्यौली घर भएको साह परिवार बागमतीको बाढीले घरखेत बगाएपछि लालबन्दी बसाइँ सरेको हो। हाल बसोबास रहेको स्थान उनको मामाघर हो।
“घरखेत बाढीले बगाएपछि मामाघरका हजुरबुबाले आमाबुवालाई यतै बोलाउनुभयो,” उनले भने, “आमाबुवाले हरियो मकै पोलेर, बदाम भुटेर बेच्ने र त्यसबाट आएको पैसाले परिवारको गुजारा गर्नुहुन्थ्यो।” माबुबालाई सघाउँदासघाउँदै परिवारका लागि आफूले पनि केही गर्नुपर्छ भनेर चिया बेच्न शुरू गरेको उनको भनाइ छ।
“ज्योतिषले हात हेर्दा होटल व्यवसाय फाप्छ भनेका थिए,” उनले भने, “होटल खोल्न परिवारसँग पैसा थिएन। धेरथोर ऋण गरेर चिया व्यापार गरेँ।” यसैबाट परिवारको गुजारासँगै घरबास जोडेका छन्। बिहान सबेरैदेखि राति अबेरसम्म दैनिक झण्डै ३०० कप चिया बेच्ने गरेको सुनाए। त्यसबाट उहाँले दैनिक ६ हजार रुपैयाँसम्म कारोबार हुन्छ।
चियाका लागि दैनिक डेरीबाट ४० देखि ५० लिटर दूध किनेर ल्याउछन्। प्रतिलिटर दूधको ९० रुपैयाँ छ। एक कप चिया २० रुपैयाँमा बेच्छन्। पसलमा आउने धेरै ग्राहक नियमित ग्राहक हुन्। चिया बेचेर आफूले लालबन्दीमा १५ धुर घडेरी किनेर एकतले पक्की घर बनाएको उनले सुनाए। “त्यतिबेला घडेरी किन्दा एक लाख रुपैयाँ तिरेँ,” उनले भने, “३५ लाख खर्च गरेर घर बनाएको छु। दुई छोरा र एक छोरीलाई बोर्डिङ स्कुलमा पढाएँ। खान लगाउन अहिलेसम्म समस्या भएको छैन।”
महिनामा १ लाख ५० हजारभन्दा बढीको कारोबार हुने गरेको उनको भनाइ छ। शुरूका एक वर्ष उधारो भएर घाटा लागेको उनको अनुभव छ। त्यसयता फेरि जीवन गुजाराको विकल्प सोच्नुपरेको छैन। चिया पसलबाट पैसाका साथै साथीभाइ र नाम कमाएका छन्। साथीभाइकै सहयोगमा पाँच महिना अघि उनले छोरालाई उच्च शिक्षा अध्ययनका लागि जर्मनी पठाए।
कान्छो छोरा कक्षा ११ र छोरी कक्षा १० मा बोर्डिङ स्कुलमा पढिरहेका छन्। लालबन्दी साहको मावली गाउँ भएकाले सबैले उनलाई भान्जा भनेर सम्बोधन गर्छन। उनी पनि चिया खान आउने साना–ठूला सबैलाई मामा भन्छन्। साहको चिया पसल लालबन्दीमा ‘भान्जाको चिया पसल’ नामले परिचित छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
