माघ २२ देखि फागुन ६ गतेसम्म देशभर कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेरसमूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइँदै छ।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खाप सातै प्रदेशमा पठाएको छ।
‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजंग रायमाझीले जानकारी दिए। उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए।
निर्देशक डा. रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप निःशुल्क उपलब्ध गराएको हो। संघीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभर कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने जनाएको छ।
कुन प्रदेशमा कति खोप
महाशाखाका निर्देशक डा रायमाझीले कोशी प्रदेशमा दुई लाख ७५ हजार १८० मात्रा, मधेशमा तीन लाख ८० हजार ४६०, बागमती हेटौँडाका लागि एक लाख २५ हजार ८००, बागमती भक्तपुरका लागि दुई लाख १८ हजार २८० मात्रा पठाइसकिएको जानकारी दिए।
गण्डकी प्रदेशमा एक लाख ३० हजार ८७० मात्रा, लुम्बिनीमा दुई लाख ९८ हजार ९१० मात्रा, कर्णालीमा एक लाख २४ हजार ४०० मात्रा र सुदूरपश्चिममा एक लाख ८७ हजार १२० मात्रा खोप पठाइएको छ। प्रदेशले खोपलाई सुरक्षित भण्डारण गर्ने र आआफ्नो जिल्लामा पठाउने उनले बताए।
उक्त खोप एक मात्रा लगाएपछि पुग्ने महाशाखाका निर्देशक डा. रायमाझीले जानकारी दिए। उनका अनुसार नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ।
पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको संक्रमण रहेकाले त्यसका विरुद्ध खोप लगाउनुपर्ने डा रायमाझीले बताए। नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ।
झापामा ५५ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
झापामा ५५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ।
जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार ९९९ जना किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए। विद्यालयमा रहेका कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइने उनले बताए।
जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य शाखा प्रमुखलाई खोपसम्बन्धी आवश्यक तालिम र अभिमुखीकरण दिइएको जनस्वास्थ्य अधिकृत पाठकले बताए। “खोप अभियानका लागि तथ्यांक संकलन, जनशक्ति व्यवस्थापनलगायत काम भइरहेको छ”, उनले भने। झापामा माघ २२ गतेदेखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
