मकवानपुरको मनहरीमा स्कुल बसको ठक्करबाट आइतबार दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
मकवानपुर– मकवानपुरको मनहरीमा बसको ठक्करबाट आइतबार दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
स्कुल बसको ठक्करबाट २ वर्षीया पूजा थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।
मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित भित्री सडकमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना१क ९२५० नम्बरको बसले उनलाई ठक्कर दिएको हो।
बसको ठक्करबाट गम्भीर घाइते थिङलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बस चालक मकवानपुर मनहरी गाउँपालिका–७ बिजौनाका चन्द्रबहादुर तामाङलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
