बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै वर्षे बिदाबाट कट्टा हुनेगरी महानगरले विद्यालयमा बिदा दिएको हो।
वीरगन्ज– अत्यधिक चिसो बढेसँगै वीरगन्ज महानगरका विद्यालयमा तीन दिन पठनपाठन बन्द हुने भएको छ।
महानगरले पुस २४ देखि २६ गतेसम्म जाडो बिदा दिने निर्णय गरेको हो। महानगरका शिक्षा अधिकृत हरि राउतले सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिए।
“बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै तीन दिन वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयको प्रशासनिक कार्य सञ्चालन गर्नेगरी विद्यार्थीलाई गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठनसम्बन्धी कार्य स्थगन गर्न/गराउनुहुन सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि आदेशअनुसार अनुरोध छ,” महानगरले भनेको छ।
त्यसैगरी, पर्सागढी नगरपालिकाले पनि पुस २२ देखि माघ १ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ। पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ। चिसोले स्थानीयको जनजीवन प्रभावित बनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
