सार्वजनिक जग्गाका विषयमा स्थानीयसँग विवाद भएपछि तीन वर्षदेखि राेकिएकाे कालिगण्डकी करिडाेर निर्माण अघि बढेकाे छ।
रामपुर– विवादका कारण रोकिएको कालीगण्डकी करिडोर निर्माण शुरू भएको छ। करिडोरअन्तर्गत रामपुर–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले तीन वर्षदेखि काम रोकिएको थियो।
स्थानीयसँग विवादका कारण सडक निर्माणले गति लिन सकेको थिएन। सार्वजनिक जग्गा संरक्षण पक्ष र सो क्षेत्रमा घर जग्गा पर्ने पक्षबीच लामो समयदेखि विवाद थियो। रामपुर नगरपालिकाको पहलमा अहिले सडक निर्माण थालिएको छ।
नगरपालिकाले अवरोध हटाउने र योजना सञ्चालन गर्न सहयोग गर्ने जिम्मा लिएसँगै विवादले रोकिएको सडक बनाउन थालिएको हो। पिपलडाँडा–गैँडाकोट सडक योजनाअन्तर्गत मटेरी ठूलोटार क्षेत्रमा पर्ने ४५० मिटर सडक कालोपत्रे हुने कालीगण्डकी करिडोर योजनाका इन्जिनियर विष्णु भट्टराईले बताए।
नगरपालिकाको सहयोगमा डीपीआरअनुसार नै काम गर्न शुरू गरेको उनले बताए। रामपुर नगरपालिका–२ भलायटारस्थित सडक निर्माण हुन सकेको छैन। वर्षायाममा हिलो र हिउँदमा धुलाम्य हुने सडकमा सर्वसाधारणले कष्टकर यात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीय दीपेन्द्र भट्टराई बताउँछन्। “पानी परेपछि हिलाम्य भएर सडक वारपार गर्नै नसक्ने अवस्था थियो, मोटरसाइकल, स्कुटरबाट लडेर कतिपय घाइतेसमेत भएका छन्”, उनले भने।
सडकसँग जोडिएका स्थानीयले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेपछि आयोजनाको काम अगाडि बढ्न सकेको थिएन। सहमति भएपछि मंसिर २६ देखि निर्माण थालेको रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए। नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै राष्ट्रिय गौरवको आयोजनाबाट शुरू गर्ने र त्यसपश्चात् नगर गौरवका योजना, वडा गौरवका योजना पर्ने सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने मेयर रमणबहादुर थापाले बताए।
स्थानीय तथा यात्रुले काम सुचारु गर्न पालिका र कालीगण्डकी करिडोर सडक योजनासमक्ष आग्रह गर्दै आएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
रासस
