सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण अलपत्र पार्ने र आपूर्ति गर्न नसक्ने १३ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको छ।
काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको छ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम काम नगर्ने कम्पनीलाई कालो सूचीमा राखेको हो। कालो सूचीमा पर्ने कम्पनीहरूले १ देखि ३ वर्षसम्म काम गर्न पाउने छैनन्।
कालो सूचीमा पर्ने कम्पनीमा याक्थुमहाङ वीपी जेभी, स्टार अफिस इन्टरनेसनल, अग्रिम पीपी जेभी, देव कन्स्ट्रक्सन, जन कन्स्ट्रक्सन, जय निर्माण सेवा, खहरेखोला इन्टरप्राइजेज, खिम निर्माण सेवा, लोहनी एन्ड सन सन्स्ट्रक्सन, नन्दु निर्माण सेवा, राष्ट्र निर्माण सेवा, सपना निर्माण सेवा र सूर्या रोसनी प्राली रहेका छन्।
यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
