तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको छ।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको छ।

बिहीबार प्रतितोला १ लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलाको १ हजार ७९० रुपैयाँ रहेको चाँदी १ हजार ८१० रुपैयाँ पुगेको छ।