मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प

बिहीबार दिउँसो पनि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प भएको थियो। 

काठमाडौँ– मुगुको लुमा केन्द्रविन्दु भएर भूकम्प भएको छ। 

शुक्रबार बिहान ८.०३ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

नेपालमा पछिल्लो समय लगातार भूकम्पका धक्का जान थालेका छन्। यसअघि बिहीबार दिउँसो पनि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प भएको थियो। 

पुस १६ गते बैतडी केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो।