बैतडीमा ४.६ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७:५४ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। 

काठमाडौँ– बैतडीमा मंगलबार बिहान भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७:५४ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। 

सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले जनाएको छ।

आइतबार कालिकोटको ओडानाकु केन्द्र भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो।