बेनी–रणवाङ–दरवाङ सडक कालोपत्रको तयारी

२२ करोड ५७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने यो सडक खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र पनि गरिने निर्माण कम्पनीले जनाएको छ। 

म्याग्दी– बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न स्तरोन्नति भइरहेको छ।

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नति जारी छ। हाल सडक चौडा बनाउने, पानीको निकासका निम्ति नाली र भूक्षयबाट सडकलाई जोगाउन पर्खाल बनाउनका साथै कालोपत्र गर्न सम्म्याइँदै छ। 

२२ करोड ५७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने यो सडक खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र पनि गरिने निर्माण कम्पनीले जनाएको छ। 

मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने २४ किलोमिटर लामो यो सडक २०६३ सालमा खुलेको हो। बेनीबाट सिमसम्म १२.५ किलोमिटर कालोपत्र भइसकेको छ।