सुनसरीको इनरुवा–२ का रवीन्द्र यादवले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवासमेत बनाउने गरेका छन्।
इनरुवा– सुनसरीको इनरुवा–२ का रवीन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरेर मासिक ९० हजार रुपैयाँ गर्न सफल भएका छन्।
यादवले ॐ शिवम दुग्ध तथा डेरी उद्योग सञ्चालन गरेका छन्। स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवासमेत बनाएर बिक्री गर्दै आएका छन्।
हरिनगर गाउँपालिकाबाट दैनिक ३०० लिटर र देवानगञ्ज गाउँपालिकाबाट २०० लिटर दूध संकलन हुँदै आएको उनले उल्लेख गरे।
दैनिक ५०० लिटर दूध, १०० किलो, दही, दुई किलो खुवा र पाँच किलो पनिर बिक्री हुँदै आएको यादवले जानकारी दिए। मासिक रूपमा १ लाख २० हजार रुपैयाँ आम्दानी हुनेमा सबै खर्च कटाउँदा ९० हजार रुपैयाँ बचत भइरहेको छ।
“साँझ र बिहान गरी दैनिक ५०० लिटरसम्म दूध बिक्री गर्दै आएको छु,” यादवले भने, “मासिक रूपमा बिजुली, घर भाडा, कर्मचारीलाई तलबलगायत अन्य खर्च ३० हजार हुँदै आएको छ।” रोजगारीका लागि विदेश जानुभन्दा स्वदेशमा स्वरोजगारका अवसर सृजना गर्नुपर्नेमा उनले जोड दिए।
युवालाई विदेश पलायन हुनबाट रोक्न स्थानीय सरकारले तालिम, सीप प्रदान, अनुदान वितरणलगायत सहयोग गर्नुपर्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
