काठमाडौँ महानगरपालिकाले साउन १ मा स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न नगरवासीलाई सार्वजनिक सूचनामार्फत आग्रह पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले स्रोतमा नै फोहोरको वर्गीकरण गर्ने भने पनि नगरवासीको असहयोगका कारण अझै कार्यान्वयन हुन सकेको छैन।
फोहोर व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउने भन्दै काठमाडौँ महानगरले गत साउन १ गतेदेखि स्रोतमै कुहिने र नकुहिने फोहर वर्गीकरण गर्न नगरवासीलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो।
जुनसुकै बार पनि नागरिकले सबै किसिमको फोहोर एकै भाँडोमा राखेर महानगरको गाडीसम्म लाने गरेको भेटिएको छ। उता, फोहोरको दीर्घ व्यवस्थापन गर्ने बञ्चरेडाँडामा पनि कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि स्थान तयमै पनि अलमल देखिएको छ।
काठमाडौँ महानगरले फोहोर नछुट्याएर पाँच सय जरिवाना गर्ने भनी सूचना जारी गरेको थियो। विसं २०६८ मा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र विसं २०७७ मा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ।
ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ। यसअनुसार उत्पादकले घरमै जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ।
विकसित मुलुकले सहरबाट निस्कने फोहोरलाई व्यवस्थित रूपमा विसर्जन गरी आन्दानीको स्रोतका रूपमा उपयोग गरिरहेका छन् तर काठमाडौँको फोहोर व्यवस्थापनको विकराल समस्याले मुलुकलाई नै गिज्याइरहेको छ। त्यसो हुनु दीर्घकालीन योजनाको अभाव हो।
विज्ञका अनुसार फोहोरलाई प्रारम्भमै वर्गीकरणका साथै उत्पादनमा समेत कमी ल्याउने, प्लास्टिकको विकल्पमा जुटको झोलाको प्रयोग बढाउने, शून्य फोहोर (जिरो वेस्ट) अवधारणा प्रवर्द्धन गर्ने र आधुनिक प्रविधि प्रयोग गर्नसके केही व्यवस्थापन गरी उपत्यकाभित्रको फोहोर व्यवस्थापनका एकै किसिमका आधुनिक विधि अपनाउनु जरुरी छ।
काठमाडौँ महानगरको कूल ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ। फोहोर वर्गीकरण योजना भने ३२सै वडामा लागू गरिएको छ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। त्यसमध्ये सबैभन्दा बढी काठमाडौँ महानगरको ५०० मेट्रिकटन फोहोर जान्छ। निजी क्षेत्रबाट व्यवस्थापन हुने र काठमाडौँ महानगरको गरी दैनिक कम्तीमा २०० गाडीले फोहोर ओसार्छन्।
जाइकाको सहयोगमा दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो। आज १६ वर्ष हुँदा पनि त्यहाँ फोहोर फ्याँक्ने काम जारी छ। सिसडोलमा चार सय ३२ रोपनी जग्गामा फोहोर फालिँदै आएको थियो। बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि भने एक हजार सात सय ९२ रोपनी जमिन छुट्याइएको छ।
सिसडोलमा दैनिक एक हजारदेखि एक हजार २०० मेट्रिकटनसम्म फोहोर फाल्ने गरिएको छ। उपत्यकाको १८ पालिकाको फोहोर दैनिकरूपमा सिसडोलमा पुग्छ। शुरूमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गरिँदै आएको छ।
जारी छ, स्थान पहिचानको काम
काठमाडौँ महानगरले कुहिने फोहोर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम जारी रहेको जनाएको छ। सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्याउँदा पटकपटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारी रूपमा फोहोरको दीर्घ समाधानका लागि स्थान पहिचानको काममा लागिएको काठमाडौँ महानगरले जनाएको छ।
बञ्चरेडाँडामा हानिकारक फोहोर व्यवस्थापन नगर्ने योजना अनुरूप काठमाडौँ महानगरले यस किसिमको अभ्यास शुरू गरेको हो। त्यसका लागि उपत्यकामा तीन स्थानमा पहिचान गरिएको छ। बीचमा केही अवरोध नआए आगामी मंसिरदेखि उक्त स्थानमा कुहिने फोहोर व्यवस्थापनको कामको थालनी हुनेछ। त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयवासीसँग छलफल भइरहेको बताइएको छ। फोहोर व्यवस्थापनको काम भएकाले स्थानीयवासीलाई त्यस विषयमा बुझाउन भने कठिन भएको काठमाडौँ महानगरको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
