सप्तरीको सुरुंगा नगरपालिका–५ स्थित कुशाहाका विपन्न दलित परिवारको जीवतस्तर तरकारीखेतीबाट उकासिएको छ। उनीहरूले ‘बिर्धना कृषिक समूह’ गठन गरेका छन्।
राजविराज– सप्तरीको सुरुंगा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि तरकारीखेती गर्दै आएका छन्। उनले तरकारीखेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गरिरहेका छन्।
“आजभोलि तरकारी टिप्ने, बजारसम्म लैजाने र बिक्री गर्ने कामका निकै व्यस्त हुन्छु। परिवारका सबैजना यही काममा लागिपरेका छौँ,” पबितारले भने, “वर्षको तीन यामसम्म तरकारी लाउने गरेको छु। यसबाट वार्षिक एक–डेढ लाख रुपैयाँ आम्दानी हुने गरेको छ।” उनले आफ्नो स्वामित्वमा रहेको दुई कट्ठा तथा भाडामा लिएर चार कट्ठा जमिनमा तरकारीखेती गरिरहेका छन्।
पबितारले यस वर्षमात्र दुई क्विन्टल काउलीबाट मात्र ६० हजार आम्दानी गरे। अहिले खेतमा गोलभेँडा लगाएका छन्। सोही ठाउँका चलितर पासवानले पनि तरकारीखेती गरेर नियमित आम्दानी गर्दै आएका छन्। तरकारीखेतीको आम्दानीबाट आफ्नो १२ जनाको परिवारको जीविकोपार्जन भइरहेको उनले सुनाए। गोलभेँडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी लगाएका छन्।
पबितार, चलितरजस्तै यस गाउँका अधिकांश विपन्न दलित परिवारको तरकारीखेतीबाट जीवतस्तर उकासिएको छ। उनीहरूले ‘बिर्धना कृषिक समूह’ गठन गरेका छन्। विभिन्न संघसंस्था तथा स्थानीय निकायबाट संस्थागत रूपमा सहयोग लिने गरेका छन्। उक्त कृषि समूहमा अहिले १६ जना सदस्य छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
