कलेजका लागि प्रस्तावित जग्गा, त्यहाँ काटिने रुख र त्यसको सोधभर्नाका सम्बन्धमा निर्णय नहुँदा समस्या भएको हो।
महोत्तरी– बर्दिवास मेडिकल कलेजका लागि जग्गा यकिन नहुँदा स्थानीय निराश भएका छन्। वन विभागले कलेजका लागि प्रस्तावित वनक्षेत्र एकलौटी रूपमा नदिने आशय व्यक्त गरेपछि आफ्नै गाउँठाउँमा शिक्षण अस्पताल बन्ने आशमा रहेकाहरू निराश भएका हुन्।
कलेजका लागि प्रस्तावित जग्गा, त्यहाँ काटिने रुख र त्यसको सोधभर्नाका सम्बन्धमा निर्णय नहुँदा समस्या भएको हो। शिक्षा मन्त्रालय र वनविभागलाई निरन्तर घच्घच्च्याइएको मेडिकल कलेज आयोजना कार्यालयका निर्देशक देवीप्रसाद सुवेदी बताउँछन्।
कलेज निर्माणका लागि प्रस्तावित बर्दिवास–४ को माइस्थानस्थित अटावे र भब्सी खोलाबीचको वनक्षेत्रको ४९ हेक्टर जग्गाबारे सर्वोच्च अदालतमा परेको मुद्दाले केही समय प्रक्रिया रोकिएको भए पनि मुद्दाको फैसला भएपछि अब प्रस्तावित जग्गा, काटिने रुख र तिनको सोधभर्नाबारे निर्णय हुनपर्ने उनी बताउँछन्।
अदालतले प्रस्तावित जग्गाका रुख काटिदा पर्नसक्ने वातावरणीय प्रभावलाई दृष्टिगत गरी काटिो रुखभन्दा १० गुणा बढी रुख रोपेर हुर्काउने सर्तमा कलेज निर्माण गर्न आदेश दिएको छ। उक्त आदेशअनुसार बर्दिवास–५ टुटेश्वरधाममा २० हजार बिरुवा रोपिएका छन्।
कलेजका लागि प्रस्तावित वनक्षेत्रमा रहेका एक हजार ९६७ रुखको सट्टा भर्नाका लागि बर्दिवास नगरक्षेत्रका विभिन्न ठाउँका पर्ति जग्गामा ३० हजार हाराहारीका बिरुवा रोपिएका छन्।
सरकारले आर्थिक वर्ष २०७३/०७४ को नीति तथा कार्यक्रममा कलेज निर्माणका निम्ति शिक्षा मन्त्रालयको अगुवाइमा जग्गा छनौटको कार्यदल बनाएको थियोभने २०७६ मा बर्दिवासमा बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालय स्थापना गरेको थियो।
यसैबीच, प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले यससम्बन्धमा सम्बद्ध पक्षसँग समन्वय गर्ने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
