बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किंदै गरेको बस मंगलबार साँझ चलाल गणेस्थानमा दुर्घटना हुँदा १७ जनाकाे मृत्यु भएकाे छ। जसमध्ये चार जनाकाे अझै परिचय खुलेकाे छैन।
काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये १३ जनाको सनाखत भएको छ।
एसपी चक्रराज जोशीका अनुसार दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो। जसमध्ये बनेपा–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङको सनाखत भएको जोशीले बताए।
त्यस्तै बनेपा–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि सो बस दुर्घटनामा मृत्यु भएको छ। बस चालक ललितपुरको महाँकाल–४ का २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि मृत्यु भएको जोशीले जानकारी दिए।
मृतकमध्ये चार जनाको नाम खुल्न बाँकी छ। केही घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। २२ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्। बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो।
बस तीव्र गतिमा रहेका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको बसमा ३९ यात्रु सवार थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
