संघीय सरकारबाट यस वर्ष एमबीबीएसका ५० विद्यार्थीलाई अध्यापन गराउने अनुमति पाएपछि प्रतिष्ठानले अध्यापन शुरू गरेको हो।
जनकपुरधाम– मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्साशास्त्र अध्ययनअन्तर्गत स्नातक तह (एमबीबीएस)को अध्यापन शुरू भएको छ। संघीय सरकारबाट यस वर्ष एमबीबीएसका ५० विद्यार्थीलाई अध्यापन गराउने अनुमति पाएपछि प्रतिष्ठानले अध्यापन शुरू गरेको हो।
प्रतिष्ठानले प्राप्त गरेको ५० मध्ये ७५ प्रतिशत सिटमा विद्यार्थीको पूर्ण छात्रवृत्ति र २५ प्रतिशत सिटमा तोकिएको रकमको आधारमा नामांकन गराइने प्रतिष्ठानका उपकूलपति डा अकुर साहले जानकारी दिए। पूर्ण छात्रवृत्तिअन्तर्गत ३८ जनाको नामांकन गरिएको छ। विदेशी विद्यार्थीको हकमा ४५ लाख भारतीय रकम लिने निर्णय भएको उनले बताए।
पूर्णछात्रवृत्ति नभएका विद्यार्थीको पनि नामांकन शुरू गरिएको उपकुलपति डा साहले बताउनुभयो। अहिलेसम्म एकजना भारतीय विद्यार्थीको एमबिबीएसमा नामांकन गरिएको छ। यही पुस २४ गतेसम्म नामांकनको समयावधि तोकिएको छ। छात्रवृत्ति नपाएका विद्यार्र्थीसँग प्रतिष्ठानले रु ४५ लाख शुल्क तोकेको जनाउँदै उहाँले उक्त रकम तीन पटकमा बुझाउनुपर्ने उल्लेख गरे।
एमबीबीएसको अध्ययन जनकपुरधामस्थित प्रादेशिक अस्पतालको पछाडि रहेको एकेडेमी कलेजमा सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ। यसअघि उक्त भवनमा नर्सिङका छात्राहरू अध्ययन गर्दै आएका थिए।
एमबीबीएस अध्यापनका लागि शिक्षकको छनोट र नियुक्ति पहिला नै भइसकेको बताउँदै उपकुलपति डा साहले छनोट भएका शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण दिने कार्य पनि भइसकेको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
