काभ्रेमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले दुर्घटनामा १३ जनाको मृत्यु भएको बताए।

काभ्रेपलान्चोक– काभ्रेपलान्चोकको बेथानचोकमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। बेथानचोक–४ चलाल गणेशस्थानमा बा ३ ख ४३८५ बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले दुर्घटनामा १३ जनाको मृत्यु भएको बताए। २० जना घाइतेको उद्धार गरी धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पताल पठाइएको उनले बताए।

बनेपा नगरपालिका-११ बाट ब्रतबन्धका लागि बेथानचोक-५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो। मृतकको सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।