अध्यक्ष तिमिल्सिनाले संसद्को कामकारबाहीबारे वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढनुपर्ने बताएका छन्।
काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालयका कर्मचारीको सेवा-सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन्।
संसद् सचिवालयका कर्मचारीहरूले आफ्नो सेवा-सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाले देशको आर्थिक अवस्थामा सुधार नआई बजेट बढाउन नमिल्ने स्पष्ट पारेका हुन्।
संसद् सेवा दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले देशको आर्थिक अवस्थामा सुधार नआएसम्म संसद् सचिवालयका लागि बजेट बढाउन नमिल्ने स्पष्ट पारे। उनले जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीलाई आफ्नो सुविधा थप गर्न माग नगर्न पनि सचेत गराए।
"देशको आर्थिक अवस्था सुधार हुँदै जाँदा ती अपेक्षाहरू पनि पूरा हुने हुन्। अन्यथा संसद्मा गर्नुपर्ने धेरै खर्च व्यवस्थापन गर्नका लागि यसले राम्रो काम गर्नका लागि धेरै चिज छ", उनले भने।
अध्यक्ष तिमिल्सिनाले संसद्को कामकारबाहीबारे वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढनुपर्ने आवश्यकतासमेत औँल्याए।
कार्यक्रममा बोल्दै पूर्वसभामुख तारानाथ रानाभाटले संसद् अझै पनि सरकार र कर्मचारीतन्त्रको अपहेलनाबाट मुक्त हुन नसक्दा देशमा प्रजातन्त्र कमजोर हुन पुगेको बताए। उनले संसद् सचिवालयलाई स्वायत्त निकाय बनाए पनि त्यसले जनताको सार्वभौम निकायको रूपमा काम गर्ने क्षमताको विकास गर्न नसकेको गुनासो गरे।
"संसद् जहिले पनि कार्यकारिणी र कर्मचारीतन्त्रबाट डोमिनेट हुनुपर्ने अवस्थाबाट प्रजातन्त्रले अग्रगामी स्वरूप लिन सक्दैन। र, आफ्नो उद्देश्य हासिल गर्न सक्दैन भनेर हामीले छलफल शुरू गर्यौँ। तितो अनुभवहरू छन्", उनले भने।
पूर्वसभामुख रानाभाटले संसद्लाई कमजोर हुन नदिए मात्रै देशमा प्रजातान्त्रिक शासन व्यवस्था मजबुत भएर जाने स्मरण गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
