कुनै बेला प्रतिकिलो ६०० रुपैयाँभन्दा माथि कारोबार भएको किवी हाल बिक्नसमेत समस्या भइरहेको किसानहरूको भनाइ छ। उनीहरूले किवीका बोट उखेलेर अलैँची लगाउने तयारी गरेका छन्।
मंगलबारे– “अब यो किवी उखेलेर अलैँची नै लगाउने हो”, मकैबारी मासेर किवी लगाएका इलाम, सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले भने।
उनले करिब सातदेखि १० वटा किवीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने, किवीभन्दा अलैँचीबाट नै दशौँ गुणा फाइदा हुने बताए। शुरूमा मकै छर्ने टारबारीमा हाल करिब २० बोट किवी रोपेका छन्। किवी र अलैँची तुलना गर्दै उनी भन्छन्, “ऊ बेला किवी लगाएको ठाउँमा अलैँची लगाएको भए दुई मन माथि फल्ने थियो, ऐलेको भाउमा पनि दुई लाखमाथि नै हुन्थ्यो।”
करिब २० बोट किवीबाट पाँच हजारको पनि आम्दानी नभएको उनको भनाइ छ। खतिवडाले मात्र होइन, सो क्षेत्रका अधिकांश किसानले बारीमा किवी लगाएका छन्।
अलैँची बराबरको मूल्य अन्य खेतीबाट हुन नसक्ने किसान बताउँछन्। अहिले राम्रो गुणस्तरीय किवी प्रतिकिलो एक सयदेखि डेढ सयसम्ममा बिक्री भइरहेको छ। अलैँची प्रतिकिलो दुई हजार ८०० माथिले बिक्री भइरहेको छ। अलैँची प्रतिमन हाल एक लाख १५ हजारसम्मले कारोबार भइरहेको छ।
कुनै बेला प्रतिकिलो ६०० रुपैयाँभन्दा माथि कारोबार भएको किवी हाल बिक्नसमेत समस्या भइरहेको किसानहरूको भनाइ छ। बिक्री भएको किवीसमेत कम मूल्यमा गइरहेको किसान बताउँछन्। किवीमा जुन लागत छ, सोअनुसारको आम्दानी नहुने गरेको उनीहरूको गुनासो छ।
किवीको बजारीकरणमा समस्या रहेको किसान ठाकुर खतिवडाको भनाइ छ। किसान आफैँले बजारीकरण गर्नुपर्ने, मूल्यसमेत आलु बराबर मात्र पाइने गरेको उनले बताए। शुरूमा किवीखेती गर्ने किसानले बिरुवा र दानाबाट राम्रो आम्दानी गरेको भए पनि हाल सो मूल्य कायम हुन नसक्दा किसानमा निराशा पैदा भएको छ। सोचेजस्तो आम्दानी नभएको किसान रुद्र खतिवडाले बताए।
किवीलाई फलफूलको राजासमेत उपनाम दिइएको छ। एउटै किवीबाट धेरैवटा फलफूलमा पाइने भिटामिन र स्वाद हुने भएकाले यसलाई उच्च गुणस्तरको फलका रूपमा लिइन्छ। तर बजारीकरणमा सरकार तथा सम्बन्धित निकायले चासो नदिएको किसानहरूको आरोप छ।
धेरै पौष्टिक तत्त्वले भरिपूर्ण मानिएको किवी फल इलामसहित काभ्रे, पाँचथर, संखुवासभालगायत जिल्लामा समेत खेती हुँदै आएको छ। पश्चिमी जिल्लाहरूमा समेत पछिल्लो समय इलामबाट नै बिरुवा जान थालेको छ। किवी फलको खेती तथा उपभोग दर विस्तार हुँदै गएको पाइन्छ।
यस फलको बोट रोप्दा नै भाले र पोथी प्रजाति पहिचान गरी सँगसँगै रोप्नु पर्दछ। भालेपोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन। भमरा, माहुरीलगायतले फूलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुने गरेको छ। यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ। रोपेको चौथो वर्षदेखि नै किवी फलको आम्दानी लिन सकिन्छ।
पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ। समुद्र सतहदेखि एक हजार २०० मिटरदेखि माथि दुई हजार ४०० मिटरसम्मको उचाइमा किवी फलको खेती गर्न सकिने बताइएको छ। यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ। रोपेको चौथो वर्षदेखि नै किवी फलको आम्दानी लिन सकिन्छ। पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ।
इलाममा करिब कुल ७८० हेक्टरमा किविखेती हुने गरेको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत जीवन ठाडा मगरले बताए। अघिल्लो वर्ष दुई हजार ८५२ मेट्रिकटन किवी उत्पादन भएको उनले जानकारी दिए। किवीलाई प्रशोधन गरेर जुस, जामसमेत बनाउन सकिन्छ। जुस, जाम वा अचार बनाउनसमेत पहल गर्ने हो भने किवीलाई पुरानो मूल्यमा फर्काउन सकिने किसानहरूको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
