धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आइतबार बिहान ग्यास बुलेट दुर्घटनामा परेको हो।

तस्वीर: रासस

मलेखु– चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको हो। बुलेट सडकबाट तल खसेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ। यद्यपि घाइते कोही पनि भेटिएको छैन। चालक र सहचालकको खोजी भइरहेको छ। सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ।

सो क्षेत्र नजिकैका स्थानीयलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।