नेकपा एमालेका सांसद एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले राज्यकै निकायले निजगढ विमानस्थल आयोजनालाई रोक्नु दुखद रहेको बताए।
काठमाडौँ– नेकपा एमालेका सांसद एवं पूर्वपर्यटनमन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायले अवरोध गरेको बताएका छन्।
शुक्रबार काठमाडौँमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभिएसन मिट २०२२’ कार्यक्रममा बोल्दै पूर्वपर्यटनमन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायले अवरोध गरेको बताएका हुन्। उनले राज्यकै निकायले निजगढ जस्तो विमानस्थल आयोजनालाई रोक्नु दुखद रहेको बताए।
सांसद भट्टराईले राज्यका कतिपय निकायले विमानस्थलको विषयमा बुझ्न नसकेको उल्लेख गरे। उनले वातावरणसम्बन्धी चासो भएको निकायले अर्कोको क्षेत्रका हस्तक्षेप गरिरहेको आरोप लगाए। निजगढ आयोजनामा अवरोध गर्नु भनेको विकासमा अवरोध खडा गर्नुभएको उनले उल्लेख गरे। उनले निजगढ विमानस्थल रोक्नु नेपाललाई अगाडि जान नदिनु भएको पनि बताए।
त्यस्तै, पूर्वपर्यटनमन्त्री जितेन्द्रनारायण देवले हवाई यात्रुलाई बाहिर राखेर हवाई नीति बनाएर कार्यान्वयनमा लगिए नेपालको हवाई उडान क्षेत्र समस्यामा पर्न सक्ने बताए। सरकारले नेपालको हवाई उडान क्षेत्रलाई नीतिगत रूपमा अगाडि बढाउँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा आकर्षण गर्न सक्नुपर्ने उनको भनाइ छ।
उनले हवाई उडान क्षेत्रलाई नेपालको जीडीपी र अर्थतन्त्रमा ठूलो योगदान गर्ने उद्योगका रूपमा बुझ्न नसकिएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
