बार्सिलोना र रियल मड्रिडका पूर्वखेलाडी रुबेन डे ला रेड तथा युलियो सालिनास सहितको टोली नेपाल आएको छ। टाेलीले काठमाडाैँ र गण्डकीसँग मैत्रिपूर्ण फुटबल खेल्नेछ।
काठमाडाैँ– स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडका पूर्वखेलाडी रुबेन डे ला रेड र युलियो सालिनास सहितको टोली मैत्रिपूर्ण खेलका लागि नेपाल आएको छ।
कासेरेन्यो फुटबल क्लबकाे टोलीसँगै उनीहरू नेपाल आएका हुन्। टाेलीले टाेलीले पुस १३ गते गण्डकी र १४ गते काठमाडौँसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। क्रिसमस मनाइसकेपछि नयाँ वर्षभन्दा अगाडिको समय उपयोग गर्ने उद्देश्यसहित टाेलीले नेपाल भ्रमण गरेको हो।
स्पेनस्थित नेपाली राजदूत डा. सर्मिला पराजुली ढकालले उनीहरूलाई साेमबार विदाइ गरेकी छन्। ‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनले दुई मैत्रीपूर्ण फुटबल आायाेजना गर्न लागेकाे हाे। स्पेनिस टिमसँग खेल्ने गण्डकीको टोली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान अनिल गुरुङको नेतृत्वमा मैदान उत्रिनेछ।
यसैगरी अर्का पूर्वकप्तान विराज महर्जनले काठमाडौँकाे कप्तानी सम्हाल्नेछन्। फाउन्डेसनले स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडाैँ जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा खेल हुन लागेको हो।
६० वर्षे भेट्रान खेलाडी सालिनासले व्यवसायिक फुटबल करियरमा ६ पटक घरेलु लिगको उपाधि जितेका थिए। एथ्लेटिक बिल्बाओ, एट्लेटिको मड्रिड र बार्सिलोना जस्ता ठूला क्लबबाट खेलिसकेका छन्। सालिनासले सन् १९९२ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए।
सन् १९८६ देखि १९९६ सम्म स्पेनिस राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने क्रममा ५६ अन्तर्राष्ट्रिय खेलमा २२ गोल गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
