इसाई धर्मगुरु जिसस क्राइस्टको जन्मदिनको खुसीयालीमा ‘क्रिसमस डे’ मनाउँने चलन छ। इसाई धर्मावलम्बीले आपसमा शुभकामना आदानप्रदान र चर्चमा प्रार्थना गर्दै यो पर्व मनाउँने गर्छन्।
काठमाडौँ– इसाई धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै छन्। हरेक वर्ष डिसेम्बर २५ मा नेपालसहित संसारभरका इसाई धर्मावलम्बीले क्रिसमस मनाउँने गर्छन्।
इसाई धर्मगुरु जिसस क्राइस्टको जन्म दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा भएको मानिन्छ। क्राइस्टको जन्मदिनको खुसीयालीमा ‘क्रिसमस डे’ मनाउँने चलन छ। क्रिसमसका अवसरमा सरकारले आइतबार सार्वजनिक बिदासमेत दिएको छ।
यस अवसरमा इसाई धर्मावलम्बी चर्चमा भेला भएर क्राइस्टको पवित्र आत्माको प्रार्थना गर्छन्। यो पर्वको पूर्वसन्ध्यामा शनिबार साँझ काठमाडौँको ठमेल, दरबारमार्ग, पुतलीसडकलगायत स्थानमा क्रिसमस इभलक्षित विभिन्न कार्यक्रमसमेत आयोजना गरिएका थिए। क्रिसमसको अघिल्लो दिन राति ‘क्रिसमस इभ’ मनाउने चलन छ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। क्रिसमसका अवसरमा शुभकामना दिँदै उनले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तकजस्ता महान् व्यक्तित्वहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने चलन रहेको बताए।
यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समृद्ध नेपाल निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
