निर्मलको ‘एकान्त’ सार्वजनिक

निर्मलकुमार थापाको नयाँ कथासंग्रह ‘एकान्त’मा १९ कथा समेटिएका छन्।

काठमाडौँ– लेखक निर्मलकुमार थापाको नयाँ कथासंग्रह ‘एकान्त’ सार्वजनिक भएको छ।

फरक खालका कथा लेखनमा रुचि राख्ने निर्मलको यो तेस्रो कथासंग्रह हो। यसअघि उनले ‘एकादेशमा’ र ‘एकालाप’ कथासंग्रह ल्याएका थिए। ‘एकान्त’मा उनका १९ कथा समेटिएका छन्।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा लेखक कुमार नगरकोटी, अभिनेता निखिल उप्रेती र रंगकर्मी घिमिरे युवराजले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे।