सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम कारागारबाट मुक्त भएसँगै चार्ल्स शोभराजलाई कारागारबाट अध्यागमन विभाग पुर्याइएको छ।
काठमाडौँ– अध्यागमन विभागले १९ वर्षपछि जेलमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज स्वदेश फर्काउने प्रक्रिया थालेको छ।
कानूनी प्रक्रिया पूरा भएलगत्तै शोभराजलाई डिपोर्ट गरिने विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले बताए। “अहिले कारागारको पत्र अध्ययनका क्रममा छौँ। उनले आवश्यक कागजात जुटाई कानूनी प्रक्रिया पूरा गरे आजै पठाउँछौँ”, उनले उकालोसँग भने, “प्रक्रिया पूरा नहुन्जेल विभाग परिसरमै रहन्छन्।”
अध्यागमन कानुनअनुसार विभागले निर्णय लिने पाण्डेको भनाइ छ। सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम कारागारबाट मुक्त भएसँगै शोभराजलाई कारागारबाट अध्यागमन विभाग पुर्याइएको छ। उनलाई पुनः नेपाल आउन नपाउने गरी डिपोर्ट गर्ने तयारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
