मनाइयो पाँचाैँ राष्ट्रिय झण्डा दिवस

संयुक्त राष्ट्रसंघले २०१९ पुस १ गते नेपालको राष्ट्रिय झण्डालाई अंगीकृत गरेको थियो। सोही  दिनलाई राष्ट्रिय झण्डा दिवसका रूपमा मनाउने गरिएको छ। 

तस्वीर : रासस

काठमाडौं– नेपालमा शुक्रबार पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ। संयुक्त राष्ट्रसंघले नेपालको राष्ट्रिय झण्डा अंगीकृत गरेको दिनको सम्झनामा हरेक वर्ष पुस १ गते राष्ट्रिय झण्डा दिवस मनाउने गरिन्छ।

काठमाडौंको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍याली गरिएको छ। २०१९ साल पौष १ गते राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरिएको थियो।

र्‍यालीपश्चात् आयोजना गरिएको कार्यक्रममा दिवसका संस्थापक राजानन्द माण्डव्यले नेपालमा झण्डाको दुरुपयोग भइरहेकाले सचेतना फैलाउन पनि दिवस मनाइएको बताए। गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्नेमा उनको जोड छ।

सरकारी निकायबाटै नेपालको झण्डा दुरूपयोग हुने गरेकाले सचेत बन्नुपर्ने सहभागीले बताएका छन्।