जाजरकोटको छेडागाड नगरपालिका–४ भल्कुवाबाट विवाहका पाहुना लिएर फर्कदै गरेको जिप दुर्घटना हुँदा एकै वडाका आठसहित १२ जनाको मृत्यु भएको छ।
जाजरकोट– छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा मुत्यु हुनेको संख्या १२ पुगेको छ।
दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष निरौलाले बताए। मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का तथा छेडागाड– ६ का वीरबहादुर खत्री छन्।
अरू सबै मृतक छेडागाड–५ का स्थानीय रहेको डीएसपी अधिकारीले जानकारी दिए। दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी र निशा अधिकारीको मृत्यु भएको हो। त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ।
जिप छेडागाड–३ जेवाबाट लेवातर्फ जाने क्रममा दशेराको भिरबाट खसेको थियो।
विवाहमा विवाद हुँदा ...
मृतक दीपक अधिकारीको ससुराली झल्कुवा हो। साली सम्झनाको विवाहमा उनी आइतबार त्यहाँ भएका थिए। सोही क्रममा आइतबार दीपक र भल्कुवाका महेश थापाबीच झगडा भयो। दीपक घाइते भए। गाउँलेहरूले झगडा छुट्याए।
तर, दीपकले आफूलाई अन्याय भएको भन्दै इलाका प्रहरी कार्यालय वडावनमा जाने र त्यसपछि थलह बजार गएर उपचार गर्ने भन्दै दैलेखबाट जन्ती लिएर आएको जिपलाई पुर्याइदिन आग्रह गरे।
दीपकसँगै बिहेमा भोज खाना आएका अन्य पाहुना पनि फर्कने क्रममा दुर्घटना भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
