चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडकखण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा ओभरपास निर्माण गरिँदै छ, जसअन्तर्गत ग्वार्को चोकमा पहिलो ओभरपास निर्माण शुरू भएको छ।
काठमाडौँ– ललितपुरको ग्वार्को चोकमा ओभरपास निर्माण कार्य शुरू भएसँगै ट्राफिक जाम बढ्न थालेको छ। शुक्रबार बिहानबाट ग्वार्को चोकमा ओभरपास निर्माण कार्य शुरू भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो।
ललितपुरको ग्वार्को चोकमा बन्ने ओभरपास निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ। आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रे जेभीले शुक्रबारदेखि ओभरपास निर्माण शुरू गरेको हो।
ओभरपास निर्माणका लागि डिजाइनलगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको छ। चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडकखण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा ओभरपास निर्माण गरिने छ। जसअन्तर्गत ग्वार्को चोकमा पहिलो ओभरपास निर्माण हुन लागेको हो।
६ मिटर उचाइ हुने ओभरपास अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने छ। कुल ४५५ मिटरको लम्बाइ हुने ओभरपासमा ग्राउन्ड क्लियरेन्स ६ मिटर हुने छ भने ओभरपासमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्याम्प निर्माण गरिने छ। शुरूमा ब्यारेकेडहरू राखेर काम शुरू गरिने छ। काठमाडौँको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो। ओभरपास निर्माण कार्य शुरु भएसँगै यातायात सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही मंसिर २३ गते बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपांग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपांग्रे सवारी साधनहरूलाई फास्ट ट्र्याकबाट चलाइने छ।
कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ। बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुवाहक, मालवाहक तथा दुईपांग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपांग्रे सवारी साधनलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
