सुनसरी–१ बाट जसपाका अशोक राई विजयी

सुनसरी–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका छन्।

काठमाडौँ– सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गरेका हुन्। सोमबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार राईले १७ हजार ५९ मत ल्याए।  तामाङले १६ हजार ६०६ मत पाइन्। माओवादीका मुक्सामहाङ्ग सुब्बा १३ हजार ८७ मत ल्याएर तेस्रो भए।

यसैगरी राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेन्याङ्गबोले सात हजार ८१२ मत पाएका छन्।